सूचना:
अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि सूचना !!!
यही मिति २०७६/०८/२७ गते शुक्रबार बिहान ठीक १० : ०० बजे हुप्सेकोट गाउँपालिकाको कार्यालयबाट गाउँपालिका भित्र अपाङ्गता परिचयपत्र प्राप्त गर्न छुटेका सम्पूर्ण व्यक्तिहरुका लागि परिचय पत्र वितरण गरिने व्यहोरा जानकारी गराउँदछौं ।
आवश्यक कागजात :
१. अटो साइजको फोटो ४ प्रति
२. नागरिकताको प्रतिलिपि
३. नावालकको हकमा जन्मदर्ता र संरक्षकको नागरिकताको प्रतिलिपि
४. सम्बन्धित वडा कार्यालयको सिफारिस
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    